१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार कुनै पनि बेला जे पनि हुन सक्छ : जबरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन्।

आइतबार पार्टीनिकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश कुनै पनि बेला दुर्घटनामा जान सक्ने जिकिर गरे। देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको जबराको भनाइ छ।

‘सरकार कहाँ जाने, के हुने कसैलाई थाहा छैन। कुनै पनि बेला जे पनि हुन सक्छ। तर, यो बिडम्बनापूर्ण परिस्थितिमा हामी ढुक्क हुने आधार छैन,’ उनले भने। सांसद जबराले नेपालमाथि आइपर्ने जस्तोसुकै समस्याको सामना गर्न राप्रपा तयार रहेको बताए।