मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २४ आइतबार १६:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेलाई माओवादी सांसदको आग्रह– विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २४ आइतबार १६:५१:००

नक्कली शरणार्थी प्रकरणका आरोपी एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनी दायरामा ल्याउन सांसदले माग गरेका छन्।

आइतबारदेखि सुरु बजेट अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विषयान्तर नगर्न एमालेलाई आग्रह गरे। यसअघि एमाले प्रमुख सचेतक पदम गिरीले वाइडबडी, यती, ओम्नी, लडाकु शिविर, बाँसबारी र मातातीर्थ जग्गा घोटालालगायत सबै प्रकरणको छानबिन गर्न चुनौती दिएका थिए।

उनलाई विषयान्तर नगर्न भन्दै सापकोटाले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा एमाले इमानदार भए रायमाझीलाई कानुनको दायरामा बुझाउनुपर्ने बताएका हुन्। विषयान्तर गरी छापामार शैलीमा सदन कब्जा गर्ने शैलीले एमालेलाई नै नांगो बनाउने भन्दै उनले शैली बदल्नसमेत एमालेलाई सुझाव दिए।  

‘प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्नका लागि इमानदार हो भने विषयान्तर नगर्नुहोस्। सम्माननीय प्रधानमन्त्रीले बोलेका कुरालाई खिसिट्युरी गरिराख्नुभएको छ। त्यसले तपाईंहरूलाई नै नांगो बनाइराखेको छ। इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुहोस्। त्यसैमा तपाईंहरूको कल्याण छ,’ सांसद सापकोटाले भने।