१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १९:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौंलाई ‘सिसिटिभी चेक प्वाइन्ट’ बनाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:३५:oo

‘सिसिटिभी चेक प्वाइन्ट’ बनाउने तयारीअनुसार काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । 

महानगरपालिकाले दिने बजेटबाट काठमाडौंका विभिन्न स्थानमा एक सय ६० सिसिटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच यही ७ वैशाखमा सिसिटिभी जडान गर्ने सम्झौता भएअनुसार महानगरपालिकाले ‘क्लोज सर्किट टेलिभिजन’ (सिसिटिभी) क्यामेरा जडान गर्न ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

काठमाडौंलाई ‘सिसिटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपराध गरेर भाग्ने आरोपित (अपराधी) जताबाट पनि सिसिटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सिसिटिभी जडान गर्ने महानगरको योजना छ ।

काठमाडौंमा पाँच चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने ‘नाइट मोड’ भएका क्यामरा जडान गर्ने तयारी भइरहेको प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार काठमाडौं उपत्यकाभर दुई सय ४२ सिसिटिभी चेक प्वाइन्ट राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ । बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सिसिटिभी जडान गर्न प्रहरीलाई पाँच करोड उपलब्ध गराउने निर्णय गरेको छ । 

बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ सिसिटिभी जडान गर्न काम अघि बढेको प्रहरीले जनाएको छ । रासस

ad
ad