१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Sunday, 13 October, 2024
२o८o बैशाख २१ बिहीबार o९:११:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अचानक फिनल्यान्ड पुगे जेलेन्स्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार o९:११:oo

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अचानक फिनल्यान्डको राजधानी हेलसिन्की पुगेका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्यान्ड पुगेको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताए ।

युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उत्तर एट्लान्टिक सन्धि संगठन(नाटो) को कान्छो सदस्य फिनल्यान्डका राष्ट्रपतिसँग उनले जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गर्ने अधिकारीहरूले बताएका छन् । युक्रेनी नेताले स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, नर्वेका जोनास गाहर स्टोर, डेनमार्कका मेटे फ्रेडरिक्सन र आइसल्यान्डका क्याट्रिन जाकोब्स डोटिरसँग पनि द्विपक्षीय वार्ता गर्नेछन् ।

 नाटोको सदस्यता प्राप्तिमा नर्डिक मुलुकको सहयोग प्राप्तिलाई पनि युक्रेनी राष्ट्रपतिले आफ्नो भ्रमणको कार्यसूचीमा समावेश गरेको उनका सञ्चार सल्लाहकार डारिया जरिभनाले बताएका छन् ।