Skip This
कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउनुहुँदैन : अध्यक्ष मगर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २० बुधबार १२:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउनुहुँदैन : अध्यक्ष मगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १२:५४:oo

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउनु नहुने बताएका छन्। 

बुधबार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रेस जगतले निष्पक्ष,स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने बताएका हुन्। 

उनले स्वतन्त्र प्रेसका मूल्य, मान्यतालाई आत्मासात् गर्दै आमजनतालाई सुसूचित गराउने वातावरण सरकारले तयार बनाउनुपर्ने बताए। मुलुकको मर्मबमोजिम प्रेसको रक्षा गर्नु सबैको दायित्व रहेको उनले बताए। 

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालमा प्रेसलाई नियन्त्रण, आक्रमण,आफूअनुकूल लेख्न लगाउने प्रवृत्ति अझै कायम रहेको बताए। महासंघले पछिल्लो एक वर्ष वर्षम नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ। 

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघले मे ३ सन् २०२२ देखि २६ अप्रिल  २०२३ सम्ममा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रेस स्वतन्त्रता हननका ५५ वटा घटनामा ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएको महासंघले जनाएको छ।

एक वर्षको अवधिमा कब्जा अवरोधका सात, दुर्व्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा, लैंगिक हिंसाका दुई, विस्थापन एक र पेसागत असुरक्षाका ५५ वटा घटना भएको महासंघले जानकारी दिएको हो।