१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेसँग सत्ता सहकार्यको सम्भावना छैन : कांग्रेस नेता कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:३७:oo

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन्।

सडक शिलान्यासका लागि इनरुवा पुगेका उनले कांग्रेस र एमाले मिल्ने आकलनसहितका टीकाटिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता नरहेको प्रस्ट्याए। एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने उनको दाबी छ।

‘एमाले प्रमुख प्रतिपक्षमा ५ वर्ष रहनेछ। एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु। यो सरकार यही गठबन्धन ५ वर्ष रहनेछ। केन्द्रमा पनि रहनेछ र प्रदेशमा पनि रहनेछ,’ उनले भने।

नेता कार्कीले असारको बजेटअगावै कोसी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए।
 

ad
ad