१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १८ सोमबार १७:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सञ्चारकर्मीविरुद्ध सशस्त्र २–१ ले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार १७:२३:oo

मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीविरुद्ध सशस्त्र प्रहरी बल विजयी भएको छ। सोमबार बिहान सशस्त्र प्रहरी प्रधान कार्यालय हालचोक मैदानमा भएको खेलमा सशस्त्रले २–१ को जित हात पारेको हो।
 
सुरुवाती अग्रता लिएको सञ्चारकर्मीको टिमले त्यसलाई जोगाउन सकेन। पहिलो हाफमा उजिर कार्कीको गोलमा सञ्चारकर्मीको टिमले सुरुवाती अग्रता लिएको थियो। 

तर, दोस्रो हाफमा सशस्त्रका लागि गणेश लावतीले गोल गर्दै खेल १–१ को बराबरी गरे। खेलको अन्तिम समयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोल गर्दै २–१ को जित दिलाएका हुन्।