मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १७ आइतबार ०७:४२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकद्वारा १० लाख दुर्घटना बिमा रकम हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १७ आइतबार ०७:४२:००

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएकाले उनकी श्रीमती आशा कुमारीलाई १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको हो ।

बैंकका मधेस प्रदेश प्रमुख दीपेशसिंह ठकुरीले बिमाप्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा चेक हस्तान्तरण गरेका छन् । स्वर्गीय उदयकुमार साहले सानिमा बैंकको पटेर्वा सुगौली शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेका थिए ।

बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, तीन लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधि उपचार बिमा, २५ हजारको आवधिक जीवन बिमा र पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।