१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १५ शुक्रबार १२:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार १२:५o:oo

सानिमा बैंकले ‘सानिमा दीर्घायु बचत योजना’अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ।

बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मृत्यु भएकाले निजको हकवाला श्रीमती आशा कुमारीलाई रु. १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ।

सानिमा बैंकका मधेस प्रदेश प्रमुख दीपेशसिंह ठकुरीले बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेका हुन्। स्वर्गीय उदयकुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेका थिए।

बैंकले दीर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु. ३ लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, रु. १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधि उपचार बिमा, रु. २५ हजारको आवधिक जीवन बिमा र रु. पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।