१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूकम्पले बाजुराका २३ घरमा पूर्ण क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४७:oo

गएरातिको भूकम्पका कारण हिमाली गाउँपालिका– २ विच्छ्यामा २३ घरमा पूर्ण रूपमा क्षति पुगेको छ।

गौमूल गाउँपालिकाको दहकोट आसपास केन्द्रविन्दु भएर मध्यराति १ः३० मा गएको ५.९ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्ण रूपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए। 

उनका अनुसार उक्त वडाका धञ्जित बुढा, दन्तिर बुढा, जोवलाल बुढा, नौउले बुढा, दिलबहादुर बुढा र सौरमल रोकायाको घरमा क्षति पुगेको छ। यस्तै, वासु रोकाया, सुरेन्द्र बुढा, दुवलाल बुढा, देवबहादुर बुढा, पञ्च रोकाया, सुरेन्द्र बुुढा, जग्गी बोहरा, साइमल बोहराको घरमा क्षति पुगेको छ। 

सोही वडाका सुर्ज बोहरा, जस थापा, भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, वाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का, गोल्लाल खड्कालगायतको घरमा क्षति भएको गाउँपालिकाका प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ। 

क्षतिको विवरण संकलनका लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए। रासस