१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपनिर्वाचनमा ४ मंसिरभन्दा कडा हावाहुन्डरी देखियो : जितनारायण श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४६:oo

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेका कांग्रेसका जितनारायण श्रेष्ठले यो निर्वाचनमा मंसिरको भन्दा पनि कडा हावाहुन्डरी देखिएको बताएका छन्। 

आज धन्यवाद कार्यक्रमको आयोजना गर्दै श्रेष्ठले ४ मंसिरमा भन्दा पनि १० वैशाखको उपनिर्वाचनमा कडा हावाहुन्डरी चलेको बताएका हुन्। चुनावअघि भने उनले उपनिर्वाचनमा विगतको हावाहुन्डरीले काम नगर्ने र आफू विजयी हुने बताएका थिए। 

गत मंसिरमा भएको निर्वाचनमा भन्दा बढी मत र मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यो क्षेत्रबाट विजयी भएका छन्। 

श्रेष्ठले चुनावको क्रममा केन्द्रदेखि वडा वडासम्मको सक्रियताले हारिन्छ भन्ने नलागेको भन्दै ४ मंसिरको भन्दा कडा हावाहुन्डरीका कारण पराजित हुनुपरेको प्रतिक्रिया दिए। 

उनले निर्वाचनमा पराजित हुनुपरे पनि सधैँ जनताको सेवामा रहने बताए। ‘म हिजोभन्दा पनि सक्रिय भएर जनताको सेवामा लाग्नेछु, केन्द्र-जिल्लाबाट होइन, म आफैँ पहिले सच्चिनेछु। सबैजना आफैँ सच्चिनुपर्नेछ। अब भनेको कि त सकिने कि सच्चिने हो। सकिन हामीलाई मन्जुर छैन। हामी सच्चिने हो,’ उनले भने। 

उनले अरू कसैको कारणले आफू निर्वाचनमा पराजित नभएको भन्दै आफ्नै कारणले पराजित भएको जिकिर गरे। उनले दोषारोपण नगर्न आग्रह गरे।