१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १४ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १४ बिहीबार १३:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकद्वारा दुर्घटना बिमाबापत १० लाख रुपैयाँ हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १४ बिहीबार १३:४४:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले सवारी दुर्घटनामा परी ज्यान गुमाएका कोहलपुर– ११ का  स्वर्गीय जयप्रकाश घर्तीको परिवारलाई बिमा दाबी भुक्तानीबापत रु. १० लाख उपलब्ध गराएको छ।

जयप्रकाशले बिमा सुविधा भएको ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ खोलेकाले उनको परिवारले बिमा दाबी भुक्तानीबापत केही राहत पाएका बैंकले जनाएको छ। बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बिमा गरेको थियो।

बैंकले ०८० साल वैशाख १३ गते बुधबारका दिन कोहलपुर– ११ नम्बर वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बिमा दाबी भुक्तानीबापतको रु. १० लाखको रकम मृतककी श्रीमती सलिना वली घर्तीलाई हस्तान्तरण गरेको हो। उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडाध्यक्ष कल्पना शर्माले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

हाल परिवारलक्षित रु. एक करोड एक लाखसम्मको बिमा सुविधा दिने मुक्तिनाथ आशीर्वाद बचत खाता पनि निकै लोकप्रिय रहेको बैंकले जनाएको छ।