१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार २२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिचान पक्षधर आन्दोलनकारीले बनाए ‘किराँत फोर्स’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २२:५८:oo

प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा नाम माग्दै आन्दोलनरत पहिचान पक्षधरले खोटाङमा किराँत फोर्स गठन गरेका छन् । 

दबाबमूलक आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिले युवा परिचालन उपसमिति संयोजक निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय किराँत फोर्स गठन गरेको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनमा बुधबार भएको भेलाले आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बू (लाजेहाङ) को तस्बिरसहितको कालो टि–सर्ट धारी युवा दस्ता सार्वजनिक गरेको छ । ऐतिहासिक पृष्ठभूमिको आधारमा किराँत प्रदेश नामांकन आन्दोलनलाई सशक्त बनाउने तथा आन्दोलनका क्रममा सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि किराँत फोर्स गठन गरिएको संयोजक राईले बताए । 

संयोजक राई जनता समाजवादी पार्टी (जसपा) खोटाङका उपाध्यक्ष एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडाध्यक्ष हुन् । जिल्लाका दशवटै स्थानीय तहका परिपक्व र इमान्दार युवालाई छानेर किराँत फोर्समा आवद्ध गराइएको संयोजक राईले बताएका छन् ।  

किराँत फोर्समा आवद्ध युवालाई आवश्यकता परेको खण्डमा सैन्य तालिमसमेत दिएर परिचालन गर्ने योजना बनाइएको संयुक्त संघर्ष समितिका संयोजक युगशन किराँतले दाबी गरे । 

‘अहिले हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ । माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’, उनले भने, ‘शान्तिपूर्ण आन्दोलनलाई राज्यले दबाउन खोजे किराँत फोर्सलाई सैन्य तालिमसमेत दिएर प्रतिकारमा उतार्ने योजना बनाएका छौँ ।’

यसैबीच, प्रदेश १ संयुक्त संघर्ष समिति, युवा परिचालन उपसमितिले दिक्तेलमा मोटरसाइकल र्याली सहितको जनप्रदर्शन गरेको छ । संयुक्त संघर्ष उपसमितिले शुभम् फाउन्डेसनबाट किराँतचोक, त्रिवेणीचोक, हाटडाँडा हुँदै भवनगैरासम्म मोटरसाइकल र्यालीसहितको जनप्रदर्शन गरेको हो । 

ad
ad