१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १२ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख १२ मंगलबार १२:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारामा रोकिएको मतगणना पुनः सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १२ मंगलबार १२:४१:oo

बारा क्षेत्र नम्बर २ मा रोकिएको मतगणना पुनः सुरु भएको छ।

मतपेटिका राखिएको कोठाको चाबी बोकेर दलका प्रतिनिधि हिँडेपछि मतगणना करिब आधा घन्टा रोकिएको थियो। उक्त कोठाको ताला खुलेसँगै मतगणना पुनः सुरु भएको हो।

एमालेका प्रतिनिधि मोहन लामिछाने मतपेटिका राखेको कोठाको चाबी लिएर मतगणनास्थलबाट बाहिरिएका थिए।

हालसम्म करैया गाउँपालिका, सुवर्ण गाउँपालिका, कोल्हवी ८ नम्बर वडा तथा  महागढीमाई नगरपालिका ९, १० र ११ वडाको मतगणना सम्पन्न भइसकेको छ।