मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० बैशाख १२ मंगलबार ०७:३५:००
Read Time : > 1 मिनेट
खेलकुद

यू–१६ राष्ट्रिय क्रिकेट : मधेस र बागमती प्रदेशको जित

Read Time : > 1 मिनेट
२०८० बैशाख १२ मंगलबार ०७:३५:००

कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र बागमती प्रदेशले जित निकालेका छन् । प्रतियोगिताको फाप्ला मैदानमा भएको पहिलो खेलमा मधेसले लुम्बिनीलाई ११ रनले हरायो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सञ्चालन भएको दोस्रो खेलमा बागमतीले गण्डकीलाई २८ रनले 
पराजित गर्‍यो । 

मधेसले पहिले ब्याटिङ गरी २८ ओभरमा सात विकेट क्षतिमा एक सय ४१ रन बनायो । प्रत्युत्तरमा लुम्बिनीले २८ ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनायो । मधेसका लागि अभिषेक तिवारीले ५७ रन र नीरज यादवले ५० रनको योगदान दिएका थिए । लुम्बिनीका सागर गैरे र आशिष ओलीले समान दुई विकेट लिए ।

 लुम्बिनीका प्रतीक भट्टराईले ३८ र सन्दीप यादवले २५ रन बटुले । मधेसका सलमान मन्सुरी र रोशन शाहले दुई–दुई विकेट लिए । मधेसका अभिषेक खेलका म्यान अफ दी म्याच भए । दोस्रो खेलमा बागमतीले पहिलो ब्याटिङ गरी २३ ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो ।

बागमतीका लागि रोशन विकले ५६ रनको अर्धशतकीय योगदान दिए । यसैगरी, जोय थापा २७ रन र निश्चल श्रेष्ठले २३ रन जोडे । गण्डकीका लागि रोहित चन्दले ह्याट्रिक लिए । उनले इनिङ्सको २१.२, २१.३ र २१.४ ओभरमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् ।

प्रत्युत्तरमा गण्डकीले ६ विकेट क्षतिमा एक सय १२ रन मात्रै बनाउन सक्यो । गण्डकीका विज्ञान पाण्डेयले ४० रनको योगदान दिए । बागमतीका सार्थक धितालले दुई र रोशन विकले एक विकेट लिए ।

विजेताले दुई लाख पाउने
प्रतियोगिताका विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् । म्यान अफ दी सिरिजले १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही १० हजार रुपैयाँ जित्नेछन् । नेपाल क्रिकेट संघले मलेसियामा हुने यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार सो प्रतियोगिता ३ देखि १४ जेठसम्म मलेसियामा हुनेछ ।