१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन २ : इच्छाकामनामा बलियो देखिए रवि, समर्थक भन्छन्- विगतभन्दा ठूलो अन्तरको जित हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३२:oo

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ को मतगणना चलिरहेको छ। 

हालसम्म इच्छाकामनाका १, २, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सम्पन्न भएको छ। यी ६ वटा वडाको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले बलियो अग्रता लिएका छन्। 

रविले तीन हजार ६०२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले दुई हजार ८२ मत पाएका छन्। 

तेस्रो स्थानमा रहेका कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार ४९४ मत प्राप्त गरेका छन्। 

यसअघि ४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनमा इच्छाकामनाका यी वडामा रवि लामिछानेले कम मत प्राप्त गरेका थिए। यसपटक भने यी वडाका मतदाताले आफ्नो रोजाइ बदल्ने रविमाथि भरोसा गरेको देखिएको छ।  

यी वडामा प्राप्त गरेको मतलाई आधार मान्दै राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले अघिल्लोपटकभन्दा अझ बढी मतान्तरले रविले चुनाव जित्ने दाबी गरेका छन्।