Skip This
वायु प्रदूषण रोक्न देशव्यापी ‘साथी’ अभियान सुरु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
‘साथी’ अभियानको सुरुवात गर्दै ललितपुरका मेयर चिरीबाबु महर्जन र सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेल
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वायु प्रदूषण रोक्न देशव्यापी ‘साथी’ अभियान सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१६:oo

वायु प्रदूषण रोक्न जनचेतना फैलाउने उद्देश्यले ‘साथी’ अभियान सुरु गरिएको छ। ललितपुर महानगरपालिकाबाट सुरु भएको अभियान देशभर ६ महिनासम्म सञ्चालन हुनेछ।

यो अवधिमा १२ फिट अग्लो सेतो भालु अर्थात् ‘टेडिबियर’लाई नेपालका विभिन्न क्षेत्रमा विद्युतीय सवारीमा राखेर डुलाइनेछ। विद्युतीय सवारीसाधनले वायु प्रदूषण नगर्ने भएकाले जनचेतना फैलाउने कार्यमा विद्युतीय सवारी प्रयोग गर्न लागिएको हो। 

सेतो भालुलाई देशभर डुलाउने क्रममा यसको रङ कालो हुँदै गएको देखाइनेछ। ५० जना बढीको समूहमा रहेका अभियन्ताहरूले देशभरका एक हजार बढी आफ्ना सदस्यहरूमार्फत मानिसहरूलाई टेडिबियर देखाएर वातावरण प्रदूषणको बेफाइदाबारे बुझाउनेछन्।

६ महिने अभियानका क्रममा वायु प्रदूषणको प्रभावबारे बालबालिका र युवालाई धेरैभन्दा धेरै जानकारी दिने प्रयास गरिनुका साथै नीति निर्माता र सरोकारवालाहरूसँग जलवायु परिवर्तनबारे पनि छलफल गर्दै प्रदूषण रोक्ने उपायबारे निष्कर्ष निकाल्ने तयारी भइरहेको सेभ द चिल्ड्रेनका सञ्चार निर्देशक आयुष जोशीले बताए।

सेभ द चिल्ड्रेनले स्थानीय तहहरूसँगको समन्वयमा यो अभियान सुरु गरेको हो।