१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ८ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख ८ शुक्रबार o६:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुवासले गरे उपाधि रक्षा

प्रोफेसनल गल्फर सञ्जय लामालाई चार स्ट्रोकले पछि पारेका सुवासले करिअरकै चौथो उपाधि जिते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ८ शुक्रबार o६:५६:oo

नेपालका एक नम्बर एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् । प्रोफेसनल गल्फर सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुवासले लगातार दोस्रोपटक च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन् । यो उनको करिअरको चौथो प्रोफेसनल उपाधि हो । साबिक विजेता सुवासले बिहीबार अन्तिम दिन तीन अन्डर ६९ स्कोर गरे । समग्रमा उनले १३ अन्डर २७५ को स्कोर गर्न सफल भए । 

एक अन्डर ७१ स्कोरसहित समग्रमा सञ्जयले ९ अन्डर २७९ स्कोर गरेका थिए । सञ्जय प्रोफेसनलतर्फ पहिलो तथा समग्रमा दोस्रो भएका छन् । उनले एक लाख ४० हजार रुपैयाँ हात पारेका छन् । समग्रमा चार अन्डर २८४ स्कोर गरेका नीरज तामाङ र जयराम श्रेष्ठले प्रोफेसनलतर्फ संयुक्त रूपमा दोस्रो स्थान बाँडेका छन् । नीरजले दुई अन्डर ७० र जयरामले ६ अन्डर ६६ को उत्कृष्ट प्रदर्शन गरे । दुवै खेलाडीले जनही ७८ हजार पाँच सय रुपैयाँ हात पारेका थिए ।

प्रतियोगिताको व्यावसायिकतर्फ भुवन नगरकोटी र उमेश अधिकारी संयुक्त रूपमा चौथो भएका छन् । दुवैले समग्रमा दुई अन्डर २६८ को स्कोर गरे । रमेशले अन्तिम दिन चार अन्डर ६८ र भुवनले ३ ओभर ७५ को कार्ड लेखाए । दुवैले जनही ५१ हजार प्राप्त गरेका छन् । प्रोफेसनल र एमेच्योरतर्फको उपाधि हात पारेका सुवासले युवा गल्फर सद्भाव आचार्यलाई पनि पछि पारे । सद्भाव एमेच्योरतर्फ दोस्रो भए । उनले अन्तिम दिन चार ओभर ७६ को स्कोर गरे । 

सुवासलाई दुई स्ट्रोकको फाइदा
अन्तिम दिनको खेलमा सुरुवातमै सुवाससँग दुई स्ट्रोकको अग्रता थियो । फ्रन्ट नाइन तीन अन्डर ३३ मा पूरा गरेका सुवासलाई कुनै पनि समय अन्य खेलाडीले चुनौती दिन सकेनन् । दोस्रो होलमा एक सट खेर फालेका सुवासले त्यसपछि तेस्रो, पाँचौँ, छैटौँ र आठौँ होलमा बर्डी हात पारे । उनले ब्याक नाइनमा इभन पार ३६ खेले । ११औँ, १२औँ र १४औँ होलमा तीन बर्डी प्रहार गरेका सुवासले एक समय ६ स्ट्रोकको अग्रता लिएका थिए । तर, १५औँ होलमा उनले डबल बोगी खेपे । त्यसपछि उनले १८औँ होलमा एक सट खेर फाले ।