मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format ११:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोशी नाम खारेजीको आन्दोलनमा ज्यान गुमाएका लिम्बुको एक महिनापछि दाहसंस्कार हुँदै  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:o१:oo

कोशी प्रदेश खारेजीको माग गर्दै प्रर्दशनमा सहभागी हुँदा घाइते भएर उपचारका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजेहाङ) को एक महिनापछि अन्तिम संस्कार हुने भएको छ । कोशी नाम खारेज गर्न माग गर्दै विराटनगरमा भएको प्रर्दशनमा घाइते भएर उपचारका क्रममा १० चैतमा धरानमा मृत्यु भएका मोरङ बेलबारी नपा ४ लालभित्तीका पदम लिम्बुलाई संघीय सरकारले शहिद घोषणा गरेर परिवारलाई दश लाख रुपैयाँ दिने निर्णय गरेपछि एक  महिनापछि बल्ल अन्तिम संस्कार हुने भएको हो । 

सरकारले शहिद घोषणा गरेर परिवारलाई क्षतिपुर्ति दिने निर्णय गरेपछि कोसी  नाम खारेज गरेर पुनः नामाकारण गराउन संघर्षरत संयुक्त समितिको ५ बैसाखमा बसेको बैठकले लाजेहाङलाई पहिचानको आन्दोलनका पहिलो शहिद घोषणा गर्दै  ९ बैसाखमा उनको शव अन्तिम दाहसंस्कार गर्ने निर्णय गरेको हो । 

प्रदेश १ नं एक पुनः नामाकरण संघर्ष समितिका सदस्य अर्जुन जम्नेली राईले दिएको जानकारी अनुसार लाजेहाङको शव दाहसंस्कार गर्नुअघि ९ बैशाखमा धरान, इटहरी र विराटनगर शहरमा अलगअलग समयमा  अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । 

आन्दोनलका क्रममा घाइते भएका लिम्बुवान भोलेन्टियर्सका सिनियर कमाण्डर लाजेहाङको मृत्यु भएपछि  पहिचान पक्षधरहरुले शहिद घोषणा नगरेसम्म उनको शव जिम्मा नलिने निर्णय गरेका थिए । जसले गर्दा उनको शव १० चैतदेखीनै धरान स्थित विपी स्वास्थ्य प्रतिष्ठानको शव गृहमा सडिरहेको थियो । शहिद घोषणा नगरेको भन्दै प्रदेश सरकारले दिएको तीन लाख रुपैयाँ राहत पनि परिवारले लिन मानेको थिएन । 

१७ फागनुमा तत्काल एक नम्बर प्रदेश सभाले दुई तिहाई बहुमतबाट कोसी प्रदेश नामाकरणगरेपछि पहिचान पक्षधरहरु असन्तुष्ट बनेका थिए । उनीहरुले एक नम्बर प्रदेशको नाम कोसी खारेज गरेर पुन नामाकरण गराउन माग गर्दै आन्दोलन घोषणा गरेका छन्  । सोही क्रममा ५ र १४ चैतमा विराटनगरमा भएको प्रर्दशनमा झडप हुँदा दुई दर्जन प्रहरी र सोही संख्यामा प्रर्दशनकारी घाइते भएका थिए । एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो ।  

सुरुमा प्रदेशका सबै ठूला दलहरु एमाले, कांग्रेस, माओवादी र राप्रपाले कोशी प्रदेश संवैधानिक प्रकृया अनुसार प्रदेश सभाबाट नामाकरण हुन सफल भएको भन्दै स्वीकार गर्न पहिचान पक्षधरहरुलाई आग्रह गरेका थिए। तर पछि सत्ताधारी दल माओवादी केन्द्रले आफ्नो निर्णय फिर्ता लिँदै पहिचानको पक्षमा पुनः नामाकरण गराउन र मृत्यु भएका लाजेहाङलाई शहिद घोषणा गरेर परिवारलाई क्षतिपुर्ति दिन माग गरेको थियो ।