१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o९:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फ्रेन्ड्स आधा दर्जन गोलले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:o२:oo

सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन क्षेत्र छाड्ने क्रममा फ्रेन्ड्स क्लबले सोमबार हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले हराएको छ । हिमालयनसँग प्रतिस्पर्धा गर्नुअघि ललितपुरको क्लब फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा थियो । सातदोबाटोको एन्फा कम्प्लेक्समा महत्वपूर्ण खेलमा सानदार जित निकालेको फ्रेन्ड्स आठ अंकका साथ १२औँ स्थानमा उक्लेको छ । फ्रेन्ड्सले नौ खेलमा समान दुई जित, दुई बराबरी र पाँच हार नतिजा निकालेको छ । एकपक्षीय खेलमा पराजित भएको हिमालयन नौ अंकका साथ ११औँ स्थानमा छ । हिमालयनले नौ खेलमा दुई जित, तीन बराबरी र चार हारको सामना गरेको छ । 

अमिनुको दुई गोल 
फ्रेन्ड्सको उत्कृष्ट जितमा विदेशी खेलाडी राफिक अमिनुले दुई गोल गरे । हिमालयनले पहिलो र दोस्रो हाफमा समान तीन गोल बेहोर्‍यो । ६ गोल भएको प्रतिस्पर्धामा अमिनु ह्याट्रिक गर्नबाट चुके । खेलको ५८औँ मिनेटमा फ्रेन्ड्सले पेनाल्टी प्राप्त गरेको थियो । तर, फ्रेन्ड्सबाट अमित तामाङले पेनाल्टी प्रहार गरे । जसका कारण अमिनु ह्याट्रिक गर्नबाट वञ्चित भएका हुन् । फ्रेन्ड्सका लागि उक्तामोभ, अमित तामाङ, उत्तम राई र टोरिक जेब्रिनले समान एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै लक्ष्मण रुचालले उपलब्ध गराएको चलाखीपूर्ण पासमा अमिनुले फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । 

खेलको ३२औँ मिनेटमा कप्तान प्रकाश बुढाथोकीले मिलाएको बललाई गोलमा परिणत गर्दै उक्तामोभले फ्रेन्ड्सलाई २–० को स्थितिमा राखे । खेलको ३८औँ मिनेटमा अमिनुले व्यक्तिगत दोस्रो गोल गरे । उनले सन्तोष खत्रीको पासमा फ्रेन्ड्सलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । दोस्रो हाफमा फ्रेन्ड्सले पेनाल्टी प्राप्त गर्‍यो । सञ्जित राईले जेब्रिनलाई डिबक्सभित्र लडाएपछि फ्रेन्ड्सले पेनाल्टी पायो । यद्यपि, अमितले पेनाल्टीमा गोल गर्न सकेनन् । खेलको ७२औँ मिनेटमा जेब्रिनको पासमा उत्तमले फ्रेन्ड्सलाई ५–० को अग्रता दिलाए । इन्जुरी समयमा जेब्रिनले गोल गर्दै आधा दर्जन गोल पुर्‍याएका थिए ।

थ्री स्टार बराबरीमा
थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । च्यासल मैदानमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । चर्च ब्वाइजको बल पोसेसन बलियो थियो । तर, चर्च ब्वाइज फिनिसिङमा चुकेको थियो । खेलपछि थ्री स्टार र चर्च ब्वाइजले समान ९ खेलबाट समान १५ अंक जोडेका छन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसी एक अंकमै खुसी देखिए । चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले बल पोसेसन बलियो बनाए पनि अट्याकिङ थर्डमा चुकेको बताए । 

ad
ad