१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिटरब्याजपीडित भन्छन्- प्रहरीले दमन गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

मिटरब्याजपीडित र नेपाल प्रहरीबीच झडप भएको छ।सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।

प्रदर्शनमा निस्किएकामध्ये करिब दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

शान्तिबाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याजपीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए। 

सिंहदरबारवरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्तिबाटिकामा नै प्रहरी र मिटरब्याजपीडितबीच झडप भएको हो। प्रहरीले मिटरब्याजपीडितलाई लखेट्न पानीको फोहोरा र लाठी प्रहारसमेत गरेको थियो। 

सरकारले मिटरब्याजपीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो। तर, उक्त सहमतिले मिटरब्याजपीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याजपीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ। 

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका