१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:२५:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

उपमहानगरमा तुलसीपुरकाे बेरुजु सबैभन्दा बढी 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२५:oo

नेपालका ११ उपमहानगरपालिकामध्ये दाङको तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा बढी बेरुजु  भएको छ।

महालेखाको ६०औँ प्रतिवेदनअनुसार तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा बढी ६.६९ प्रतिशत बेरुजु देखिएको हो।

जुन नेपालका ११ उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै हो। तीन अर्ब पाँच करोड लेखापरीक्षण रकममध्ये उपमहानगरपालिकाको २३ करोड ९१ लाख ३७ हजार बेरुजु देखिएको छ। यो आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदन हो।

उपमहानगरपालिकाको यसअघिको तिर्न बाँकी बेरुजु १३ करोड ५७ लाख ६७ हजार रहेको थियो । योसँगै तुलसीपुरको बेरुजु रकम ३७ करोड ५० लाखभन्दा बढी छ । त्यस्तै, सबैभन्दा कम हेटौँडा नगरपालिकाको छ। जसको ०.७७ प्रतिशत मात्रै बेरुजु देखिएको छ। 

लेखा परीक्षण प्रतिवेदन अनुसार दाङ घोराही उपमहानगरपालिकाको बेरुजु २.५७ प्रतिशत छ। पाँच अर्ब २८ लाख ७३ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १३ करोड ६१ लाख रुपैयाँ बेरुजु देखिएको थियो। घोराहीको विगतको तिर्न बाँकी बेरुजु ३३ करोड ८२ लाख २५ हजार रहेसँगै जम्मा बेरुजु रकम ४७ करोड ४३ लाख रहेको छ। 

त्यस्तै, दाङको राजपुर गाउँपालिकामा ४.९९ प्रतिशत बेरुजु देखिएको छ। एक अर्ब नाै करोड ३३ लाख लेखापरीक्षण रकममध्ये पाँच करोड ४६ लाख ४४ हजार बेरुजु देखिएको हो। राजपुरको विगतको तिनुपर्ने बेरुजु १६ करोड ६८ लाख ७८ हजार थियो । योसँगै राजपुरमा जम्मा बेरुजु २२ करोड १५ लाख २२ हजार छ। 

त्यस्तै, गढवा गाउँपालिकाको ४.२४ प्रतिशत बेरुजु देखिएको छ। एक अर्ब ६१ लाख २९ हजार लेखापरीक्षण रकममध्ये ६ करोड ८४ लाख २६ हजार रुपैयाँ बेरुजु छ। गढवाको विगतका बर्षको तिर्न बाँकी बेरुजु १८ करोड ४७ लाख तीन हजार छ। योसँगै गढवामा जम्मा तिर्नुपर्ने बेरुजु २५ करोड ३१ लाख २९ हजार छ। 

यस्तै, बंगलाचुली गाउँपालिकामा ३.९३ प्रतिशत बेरुजु देखिएको छ। एक अर्ब ३३ लाख ५० हजार लेखापरीक्षण रकममध्ये पाँच करोड २५ लाख १६ हजार बेरुजु देखिएको छ। बंगलाचुलीमा विगतका वर्षको बेरुजु रकम तिर्न बाँकी चार करोड ५९ लाख ४८ हजार रुपैयाँ बेरुजु थियो। योसँगै पालिकाको तिर्न बाँकी बेरुजु रकम नाै करोड ८४ लाख ६४ हजार रुपैयाँ छ।

त्यस्तै, लमही नगरपालिकाको ३.७८ प्रतिशत बेरुजु छ। एक अर्ब ९५ करोड ४५ लाख ३१ हजार लेखापरीक्षण रकममा सात करोड ३८ लाख ३१ हजार रुपैयाँ बेरुजु रहेको थियो। यसअघि लमहीको बेरुजु रकम ३७ करोड १७ लाख ८४ हजार रुपैयाँ थियो। योसँगै लमहीमा बेरुजु रकम ४४ करोड ५६ लाख १५ हजार छ।

त्यस्तै, राप्ती गाउँपालिकामा २.९९ प्रतिशत बेरुजु रकम छ। एक अर्ब १३ करोड लेखापरीक्षण रकममध्ये तीन करोड ३७ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ। राप्तीको विगतको तिर्न बाँकी बेरुजु रकम १० करोड ८७ लाख ७६ हजार छ। योसँगै बेरुजु रकम १५ करोड २५ लाख ५७ हजार रुपैयाँ छ।

त्य,स्तै बबई गाउँपालिकामा एक अर्ब तीन करोड ५५ लाख लेखापरीक्षण रकममध्ये २.३३ प्रतिशत बेरुजु देखिएको छ। महालेखा परीक्षण प्रतिवेदनअनुसार बबईमा दुई करोड ४१ लाख ५८ हजार रुपैयाँ बेरुजु देखिएको छ। सोही पालिकामा विगतको तिर्न बाँकी बेरुजु चार करोड ९९ लाख नाै हजार छ। योसँगै जम्मा बेरुजु रकम सात करोड ४० लाख ४७ हजार रुपैयाँ छ।  

त्यस्तै, शान्तिनगर गाउँपालिकाको बेरुजु २.२६ प्रतिशत छ।एक अर्ब १४ लाख ८० हजार लेखापरीक्षण रकममध्ये दुई करोड ५९ लाख रुपैयाँ बेरुजु देखिएको छ। शान्तिनगरमा गएको वर्षको बेरुजु चार करोड ९८ लाख ८३ हजार रुपैयाँ बेरुजु थियो । योसँगै शान्तिनगरमा जम्मा सात करोड ५८ लाख १७ हजार रुपैयाँ बेरुजु छ।

त्यस्तै, जिल्लामा सबैभन्दा कम बेरुजु दंगीशरण गाउँपालिकाको देखिएको छ। गाउँपालिकामा गएको वर्ष १.९ प्रतिशत बेरुजु देखिएको छ। एक अर्ब ११ करोड ८७ लाख रुपैयाँ लेखापरीक्षण गरिएकोमा दुई करोड १२ लाख ११ हजार रुपैयाँ बेरुजु देखिएको छ। दंगीशरणमा विगतको तिर्न बाँकी नाै करोड ६० लाख ६३ हजार रुपैयाँ थियो। योसँगै अब पालिकाको जम्मा बेरुजु ११ करोड ७२ लाख ७४ हजार छ।