१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनता कांग्रेसप्रति बढी आशावादी छन् : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमी–कमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।

परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आस पनि कांग्रेसप्रति नै रहेको बताए।

आज कांग्रेस झापाले आयोजना गरेको कार्यकर्ता भेटघाट   कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए।

जनताले कांग्रेसका अहिलेका नेताहरूलाई संस्थापक नेताहरूसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्ने उनको जोड छ।

कांग्रेस नेताहरूले आफूलाई समयअनुकूल बनाउन नसके गाह्रो पर्ने उनको भनाइ छ। कार्यक्रममा उनले भने, ‘प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी कांग्रेस भएकाले हामीप्रति जनताको आशा बढी छ। त्यसैले अरू राजनीतिक दलभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ।’

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले समयको माग र आमजनताको चाहनालाई बुझेर सत्तामा गइसकेपछि सम्बोधन गर्न सक्ने क्षमता विकसित गर्नुपर्ने बताए।

संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए। संगठन सञ्चालनमा विधि र प्रक्रियालाई आधार मान्नुपर्ने उनको जोड छ। कार्यक्रम कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापा, नेपाली कांग्रेस झापा जिल्ला सभापति देउमान थेबेलगायतले बोलेका थिए।