१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेटौँडाको वायु प्रदूषणले नाघ्याे जाेखिमकाे तह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५१:oo

पछिल्लो केही दिनयता बढेको वायु प्रदूषणका कारण बागमती प्रदेशको राजधानी हेटौँडाको आकाश धुम्मिएको छ। हेटौँडाआसपासका सामुदायिक वनहरूमा लागेको डढेलोका कारण हेटौँडाको आकाश धुम्मिएको हो।

सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलो लाग्दा वायु प्रदूषण बढेको छ। पछिल्लो समय मकवानपुरका १० वटै स्थानीय तहका सामुदायिक वनहरूमा डढेलो लाग्ने क्रम बढेको डिभिजन वन कार्यालय मकवानपुरले जानकारी दिएको छ। 

वन डढेलोका कारण हेटौँडाको वायुमण्डलमा दूषित हावा थुप्रिएको र प्रदूषण बिहान र बेलुका अत्यधिक बढेको छ। विज्ञहरूले हेटौँडाको हावा निकै अस्वस्थकर रहेको बताएका छन्। वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार हेटौँडाको वायुको गुणस्तरले जोखिमको तह नाघेको छ।

वन तथा वातावरण विभागले जारी गरेको एयर क्वालिटी इन्डेक्सअनुसार हेटौँडाको वायुको गुणस्तर अहिले एक सय ५२ छ। जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ। शून्यदेखि ५० सम्मको मापनलाई सामान्य अवस्था मानिन्छ। 

वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने विज्ञहरूरुको भनाइ छ। 

वन तथा वातावरण विभागले दुई दिनअघि विज्ञप्ति निकालेर सर्वसाधारणलाई काम नपरेसम्म घरबाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चस्मा लगाउन र सावधानी अपनाउन आग्रह गरेको छ।

तस्बिर : पोष्टराज अधिकारी/नयाँ पत्रिका 

 

ad
ad