१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दरबार हत्याकाण्डबारे ‘खण्डहर दरबार’ प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:४५:oo

लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको हो । 

‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्’ लेखक न्यौपानले भने, ‘तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ,’ ‘ठुलो षड्यन्त्र भयो दरबारमा । राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो । जुन् कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ ।’

उपन्यासले दरबार हत्यकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको उनले बताए । ‘खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ ।’ प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले सुनाए ।  

लेखक न्यौपानेको यो दशौँ कृति हो । यसअघि उनको ‘दरबारबाहिरकी महारानी’ निकै रुचाइएको किताब हो । उपन्यासको बजार मुल्य रु. ५२५ रहेको छ ।  

ad
ad