मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडौं
२०८० बैशाख १ शुक्रबार ०६:५४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघको अध्यक्षमा चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
२०८० बैशाख १ शुक्रबार ०६:५४:००
  • विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका ढकालले गरे शपथग्रहण 
  • दोस्रो चरणमा पुगेका उमेशलाल श्रेष्ठले समर्थन दिएपछि अञ्जन वरिष्ठमा निर्विरोध
  • जिल्ला–नगरमा सुरकृष्ण वैद्य,  एसोसिएटमा ज्योत्स्ना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०औँ अध्यक्ष चन्द्रप्रसाद ढकाल भएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध भएका छन् ।

व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष ढकाल  ३० चैत ०७९ देखि महासंघको अध्यक्ष बनेका हुन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । उनलाई शेखर गोल्छाले निर्वाचनस्थल प्रज्ञा भवनमा पद तथा गोपनीयताको शपथग्रहण गराए ।

अध्यक्षको शपथग्रहणलगत्तै उनले आइतबार दुई बजे नयाँ कार्यसमितिको बैठक डाकेका छन् । सोही दिन महासंघ सचिवालय टेकुमा पदभार ग्रहण गर्नेछन् । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक महासंघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ निर्विरोध भएका हुन् । निर्वाचनको दोस्रो चरणमा पुगेका उमेशलाल श्रेष्ठले समर्थन गरेपछि उनी निर्विरोध भएका हुन् ।   

महासंघको वरिष्ठ उपाध्यक्षका लागि पहिलो चरणका तीनजना प्रतिस्पर्धीले नै निर्वाचनमा ५० प्रतिशत मतभार कटाउन नसकेपछि उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा हुने भएको थियो । अर्का प्रत्याशी रामचन्द्र संघाई पहिलो चरणकै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । वरिष्ठ उपाध्यक्षमा सहमति जुटाउन पूर्वअध्यक्ष कुशकुमार जोशी, चन्द्रप्रसाद ढकाललगायतले पहल गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत, उमेशले ३१.५१ प्रतिशत र संघाईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका थिए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । महासंघमा पहिलोपटक त्रिपक्षीय भिडन्त भएको हुँदा पहिलो चरणको निर्वाचनमा नेतृत्व चयन हुन नसकेको हो । पहिलो चरणमा कसैले ५० प्रतिशत मत नकटाए पहिलो र दोस्रो हुनेबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ । 

‘महासंघको चुनाव अत्यन्तै फोहोर र दूषित भयो, मैले दोस्रो चरणको निर्वाचन लडेर चुनावलाई थप फोहोर बनाउन चाहिनँ, त्यसैले अञ्जनलाई समर्थन गरेँ,’ विजेता घोषणासभामा उमेशलालले भने, ‘नत्र अञ्जन र मैले चार–पाँच करोड, चार–पाँच करोड खर्च गथ्र्यौँ ।’  

महासंघको जिल्ला–नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य (४३ मत), एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ (८४७ मत) र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल (६१ मत) निर्वाचित भएका छन् । वैद्य र श्रेष्ठ संघाई प्यालनका उम्मेदवार हुन भने ढकाल उमेशलाल प्यानलबाट निर्वाचन लडेका हुन् । महासंघमा जिल्ला–नगरतर्फ एक सय १७, एसोसिएटतर्फ १६ सय ३८ र वस्तुगततर्फ एक सय २३ मत खसेका थिए ।

कार्यसमिति सदस्यहरू प्रत्येक प्रदेशबाट एक–एकजना रहने व्यवस्था छ । कोसी प्रदेशबाट नरेन्द्रकुमार खड्का, मधेस प्रदेशबाट अरुणकुमार प्रधान, बागमती प्रदेशमा सबिन श्रेष्ठ, गण्डकी प्रदेशमा जीवनज्योति श्रेष्ठ युवराज राजभण्डारीले आधा–आधा कार्यकाल, लुम्बिनी प्रदेशबाट जमशेर मियाँ, कर्णाली प्रदेशबाट लालिमान बुढा र सुदूरपश्चिमबाट जंगबहादुर मल्ल निर्वाचित भएका छन् । यस्तै, द्विराष्ट्रिय उवासंघतर्फ केन्द्रीय सदस्यमा सुनील केसी निर्विरोध निर्वाचित भएका छन् । 

जिल्ला–नगर सदस्यमा को–को निर्वाचित ?
जिल्ला–नगर उवासंघतर्फ दुईजनाले बराबरी मत ल्याएपछि १८ जना केन्द्रीय सदस्यमा १९ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अनिलकृष्ण श्रेष्ठ, अब्दुल बाहिद मन्सुरी, अमरेशचन्द्र बैदार, उज्ज्वलप्रसाद कसजू, उमेश डालमिया, कल्पना गैरे, किशोरकुमार आचार्य, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, ताराबहादुर कार्की, दीपक नेपाल, नवीन रिजाल, निरक केसी, पुष्पराज कुँवर, प्रयास कार्की, वेदबहादुर श्रेष्ठ, मञ्जुकुमार श्रेष्ठ (कोजु), मोहनप्रसाद श्रेष्ठ रहेका छन् ।

वस्तुगततर्फ निर्वाचित सदस्यहरू
वस्तुगत संघतर्फ कार्यसमिति सदस्यमा अरनिको राजभण्डारी, कमला श्रेष्ठ, डा. सुबोधकुमार गुप्ता, नरेशलाल श्रेष्ठ, नानीराज घिमिरे, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की ‘राजु’, लिलेन्द्रप्रसाद प्रधान, शिवप्रसाद घिमिरे, शोभा ज्ञवाली र हरिबहादुर कार्की गरी १४ जना निर्वाचित भएका छन् । 

यी हुन् एसोसिएटमा निर्वाचित सदस्य 
एसोसिएट सदस्य वा केन्द्रीय सदस्यमा अम्बिकाप्रसाद पौडेल, अविनाश बोहरा, आनन्दकुमार अग्रवाल (बगडिया), उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल (चैनवाला), गोपाल खनाल, जुना माथेमा, डा. रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रबलजंग पाण्डे, बाबुकाजी कार्की, मनोज पौडेल, राजेशकुमार अग्रवाल, शक्तिकुमार बेगानी, सुशील थापा, शैलेन्द्र गुरागाईं, सन्दीपकुमार अग्रवाल, सुनीलनारायण श्रेष्ठ र हेमन्त गोल्छा गरी १९ जना निर्वाचित भएका छन् । संस्थापक समूहतर्फबाट केन्द्रीय सदस्यमा भीष्मप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । 

नवनिर्वाचित अध्यक्षका पाँच प्राथमिकता 
नवनिर्वाचित अध्यक्ष ढकालले आफ्ना पाँच प्राथमिकता रहेको बताए । वर्तमान आर्थिक संकट समाधानको रणनीति, लगानीको वातावरण, राज्य र निजी क्षेत्रबीचको साझेदारी, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना र व्यवसायीको मनोबल उच्च बनाउने आफ्ना पाँच प्राथमिकता रहेको बताए ।