१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाद्वारा ठोस इन्धनबाट सञ्चालन हुने क्षेप्यास्त्र प्रक्षेपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

उत्तर कोरियाले विगतमा प्रक्षेपण गरिएकोभन्दा भिन्न प्रकारको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। आज बिहानै प्रक्षेपण गरिएको क्षेप्यास्त्र ठोस इन्धनबाट सञ्चालन गरिने हतियार भएको अनुमान दक्षिण कोरियाली सुरक्षा अधिकारीले गरेका छन्। 

विगतमा तरल इन्धनबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गरिँदै आएको प्योङयाङले आज जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ठोस इन्धनबाट चल्ने इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रक्षेपण गरेको बताइएको छ।

उत्तर कोरियाली नेता किम जोङ ऊनले केही दिनअघि युद्धस्तरमा हतियार विकास गर्न र आफ्नो क्षमता बढाउन सेनाका उच्च अधिकारीलाई निर्देशन दिए। नेता किमको इच्छाअनुसार आजको नयाँ परीक्षण भएको ठानिएको छ। 

दक्षिण कोरियाका उच्च सैन्य अधिकारीले पनि ठोस इन्धनबाट सञ्चालन हुने क्षेप्यास्त्र उत्तरले आज प्रक्षेपण भएको हुन सक्ने बताएका छन्। ठोस इन्धनबाट चल्ने क्षेप्यास्त्र भण्डारण तथा ढुवानी गर्न सहज हुनका साथै प्रक्षेपणको तयारी चाँडै गर्न सकिन्छ। 

यसैबीच, प्योङयाङको उक्त परीक्षणबाट जापानको उत्तरी होक्काइडोमा त्रासको वातावरण छाएको थियो। आज बिहानै जापानले छोटो सूचना जारी गरेर सतर्क रहन चेतावनी दिएको थियो। 

सूचना जारी गरेको केही बेरपछि क्षेप्यास्त्र आफ्नो क्षेत्रभित्र नपरेको र त्यहाँका बासिन्दालाई कुनै जोखिम नरहेको बताएको थियो। अमेरिकाले उत्तर कोरियाले प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणको आरोप लगाउँदै त्यसको कडा शब्दमा निन्दा गरेको छ। 

कोरियाली प्रायद्वीपमा तनाव बढाउने मुख्य दोष अमेरिकामाथि लगाउँदै चीनले हालै भएको अमेरिकी र कोरियाली सेनाको संयुक्त अभ्यास हो भनेको छ। साथै, बेइजिङले सबै पक्षलाई शान्त एवं संयमित हुन आह्वान गरेको छ।