१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेत्र ज्योति संघ खोटाङकाे सभापतिमा पुनः कसजू चयन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२७:oo

नेपाल नेत्र ज्योति संघ खोटाङकाे सभापतिमा पुनः इन्द्र कसजू चयन भएका छन्। दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुधबार सम्पन्न संघको पाँचौँ साधारणसभा तथा जिल्ला अधिवेशनले कसजूलाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्विरोध चयन गरेको हो।

अधिवेशनले सनमान खड्का, कमलप्रसाद आचार्य, गीता शंकर, रेखा राई, कुमारसिं बस्नेत, बिन्दा थापा, विनोद खड्का, यादव श्रेष्ठ, पुष्पा राई, मणिशोभा राई ‘माया’, प्रेमकुमार श्रेष्ठ र लक्ष्मीदास सैजूलाई सदस्यमा चयन गरेको छ।

१३ सदस्यीय जिल्ला कार्यसमिति रहने संघको उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्वाचित समिति जिल्ला कार्यसमितिको पहिलो बैठकले चयन गर्ने जनाइएको छ।

साधारणसभाले संघको नीति तथा कार्यक्रमसमेत पारित गरेको छ। नेपाल नेत्र ज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्दले उद्घाटन गरेको अधिवेशनमा केन्द्रीय कोषाध्यक्ष द्रोण गुरागाईं र कार्यकारी निर्देशक डा. शैलेषकुमार सिंह, प्रदेश सभापति श्यामसुन्दर उदासलगायतको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पत्रकार दमन राई र आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख नेत्र प्राविधिक हरिहर श्रेष्ठलाई संघले सम्मान गरेको छ। पत्रकार राई र प्राविधिक श्रेष्ठलाई प्रमुख अतिथि चन्दले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

०६० वैशाख १० गते स्थापना भएको नेपाल नेत्र ज्योति संघले जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा उपचार तथा शल्यक्रिया कार्यक्रम गर्दै आएको छ। डा. गुणराज लोहनी संस्थापक सभापति रहेको नेत्र ज्योति संघले दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्रसमेत सञ्चालन गरेर सेवा उपलब्ध गराइरहेको छ।