१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २९ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २९ बुधबार १५:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशैभर निर्माणाधीन ठूला भवनको वैधानिकता खोजी गर्न सांसद कार्कीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २९ बुधबार १५:२५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनिरहेका होटेल, भवन र अपार्टमेन्टहरूको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छिन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टको वैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै संरचनाको वैधानिकता खोजी गर्नुपर्ने स्पष्ट पारिन्।

सांसद कार्कीले त्यसका लागि छानबिन गर्न संसदीय समिति बनाउन पनि माग गरिन्। उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भासिएका घरहरूको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराएकी छिन्।