१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले अर्बौँ बक्यौता नलिई स्मार्ट टेलिकमको नवीकरण गर्दै छ : सांसद गिरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

नेकपा एमालेले सरकारले अर्बौँको बक्यौता रकम नलिई स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको आरोप लगाएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले नवीकरण गर्दा लाग्ने करिब २३ अर्ब रुपैयाँ नलिई स्मार्टको नवीकरण गर्नका लागि मन्त्रिपरिषद्ले निर्णय गर्न लागेको आशंका गर्दै आपत्ति जनाएका हुन्। सो काममा ठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकिर गर्दै उनले त्यसो नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

‘आज स्मार्ट टेलिकम प्रालिले नवीकरणबापतको २३ अर्ब रुपैयाँ पनि नतिर्ने, विभिन्न शीर्षकको पाँच अर्ब दस्तुर पनि नतिरी आफ्नो नवीकरण गराउन मन्त्रीहरूको घरघरमा पुगेको, फ्यामिली क्वार्टरहरूमा पुगेको, मन्त्रालय धाएको भन्ने सुन्नमा आएको छ । र, अहिले मन्त्रिपरिषद्ले एक–दुई दिनभित्रै यो शुल्क नलिईकन, त्यो दस्तुर नलिईकन यसलाई नवीकरण गर्ने योजना बनिरहेको छ भन्ने कुरा आएको हुनाले सम्माननीय सभामुख महोदय, यदि मन्त्रिपरिषदबाट यस्तो प्रकारको निर्णय हुन्छ भनेदेखि मुलुकलाई २८–३० अर्ब रुपैयाँ डुबाउने काम हुँदै छ । र, नीतिगत भ्रष्टाचार हुँदै छ । यसमा धेरै ठूलो चलखेल छ भन्ने कुरा मिडियामा आएको हुनाले यसतर्फ सभामुख महोदयमार्फत सरकारको गम्भीरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।