१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्ता ब्रेकफास्टले बनाउँछ स्वस्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:२२:oo

शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सन्तुलित भोजनको आवश्यकता पर्छ । मानिसको शारीरिक अवस्था एउटै हुँदैन, त्यसैले शारीरिक बनावटअनुसार खानुपर्ने हुन्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरी, प्रोटिन, फ्याट र फाइबरको मात्रा पनि फरक–फरक हुन्छ । बिहानको समयमा हाम्रो शरीरको पाचन प्रणाली बढी सक्रिय हुन्छ । दिन ढल्दै गएपछि कम सक्रिय हुन्छ । त्यसकारण पनि ब्रेकफास्ट वा लन्च हेभी खानुपर्छ । 

उठ्नेबित्तिकै के खाने ? 
उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउनुपर्छ । त्यसपछि सीधै ब्रेकफास्ट गर्दा पनि हुन्छ । वा, फलफूल, ओट्स, चिउरा, दूध खाँदा पनि हुन्छ । कतिपयको चिया र बिस्कुट खाने बानी हुन्छ । बिस्कुटले स्वास्थ्यका लागि फाइदा गर्दैन । घरमै बनाएको रोटी र चिया खान सक्नुहुन्छ । सकेसम्म चिनी नखाँदै राम्रो हुन्छ । 

ओखर, काजु, पिस्ता, बदाम, किसमिसजस्ता ड्राइफुड खाँदा पनि हुन्छ । यस्ता ड्राइफुडमा प्रोटिनको मात्रा धेरै हुन्छ, जुन शरीरका लागि अत्यावश्यक हुन्छ । सिजनल फलफूल खाँदा झन् राम्रो हुन्छ । 

ब्रेकफास्ट : ब्रेकफास्ट गर्दा तीन–चार सय क्यालोरीसम्मको खाना खानुपर्छ । जसले कार्बाेहाइड्रेट र प्रोटिनलाई सन्तुलनमा राख्न सकोस् । कार्बाेहाइड्रेट मात्रै हुनु भएन । कतिपयको बिहानको समय रोटी र तरकारी खाने बानी हुन्छ । यतिले मात्रै मांसपेशीका लागि आवश्यक पर्ने प्रोटिनको मात्रा पुग्दैन । खाजा वा खानामा प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन मिलाउनुपर्छ । जस्तै– दाल, गेडागुडी, दूध, अन्डालगायतको मात्रा मिलाएर खानुपर्छ । 

ad
ad