१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २८ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ चैत २८ मंगलबार १५:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २८ मंगलबार १५:o९:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्। 

प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रूपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताएका हुन्। 

‘मैले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधानअनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ,’ उनले भने, ‘संविधानअनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ।’

उनले नागरिकतासँग सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताए। त्यसबारेमा सबै राजनीतिक पार्टी एवं राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उनको भनाइ छ।