१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ चैत २८ मंगलबार ०८:२४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इंग्लिस प्रिमियर लिगमा सय गोल गर्ने सोङ पहिलो एसियन

Read Time : < 1 मिनेट
२०७९ चैत २८ मंगलबार ०८:२४:००

 दक्षिण कोरियाका स्ट्राइकर ह्युङ मिन सोङ इंग्लिस प्रिमियर लिग (इपिएल)मा सय गोल गर्ने पहिलो एसियन फुटबलर बनेका छन् । टोटनह्याममा आबद्ध सोङले ब्राइटनविरुद्ध गोल गर्दै यो उपलब्धि हात पारेका हुन् । प्रतिस्पर्धामा टोटनह्यामले ब्राइटनलाई २–१ ले हरायो ।

सोङले खेलको दशौँ मिनेटमा गोल गरेका थिए । उनको यही गोल नै इंग्लिस प्रिमियर लिगमा व्यक्तिगत सय गोलका रूपमा रह्यो । उनले खेलको ७९औँ मिनेटमा दोस्रो गोल थप्दा टोटनह्यामको जित पक्का भयो ।इंग्लिस प्रिमियर लिगमा सय गोल संख्या पूरा गर्ने उनी ३४औँ खेलाडी बनेका छन् । यस सिजनमा उनको नाममा सात प्रिमियर गोल रहेको छ । अहिलेसम्म टोटनह्यामका लागि सबैखाले प्रतियोगितामा गरी सोङले तीन सय ६४ खेलमा एक सय ४२ गोल गरेका छन् । 

गत साता सोङको हजुरबुबाको निधन भएको थियो । सोङले इंग्लिस प्रिमियर लिगमा व्यक्तिगत उपलब्धि हात पारेपछि आफ्ना हजुरबुबालाई समर्पित गरेका छन् । ‘यो वेला म कठिन अवस्थामा छु, मेरा हजुरबुबा गत साता मात्र बित्नुभयो,’ उनले भने, ‘यो सयौँ गोल हजुरबुबाप्रति समर्पित गर्न चाहन्छु ।’ सोङले इंग्लिस प्रिमियर लिग एसियन खेलाडीहरूका लागि अवसर भएको बताएका छन् । प्रिमियर लिगमा राम्रो गर्ने एसियन खेलाडीहरूको भविष्य सुरक्षित भएको उनको भनाइ छ । ‘बेलायतमा राम्रो गर्ने एसियन खेलाडीको भविष्य मैले राम्रो देखेको छु,’ उनी भन्छन्, ‘अझ धेरैभन्दा धेरै युवा खेलाडी यहाँ आऊन् भन्ने मेरो चाहना हो ।’