१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० असोज ८ सोमबार ०७:५३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिभरपुरको जित, चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित हात पार्दा चेल्सी पराजित, आर्सनल र टोटनहमको बराबरी

Read Time : > 1 मिनेट
२०८० असोज ८ सोमबार ०७:५३:००

इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति लिभरपुलले जित हात पार्दा चेल्सी पराजित भएको छ । यसैगरी, लन्डन डर्वीमा आर्सनल र टोटनहमले २–२ को बराबरी खेलेका छन् । घरेलु मैदान एनफिल्डमा लिभरपुलले वेस्टहममाथि ३–१ को सहज जित निकालेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह, डार्विन नुनेज र डिअगो जोटाले गोल गरेका हुन् ।

जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । उसले ६ खेलबाट १६ अंक जोडेको छ । समान खेलबाट १८ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । १५ अंकको ब्राइटन तेस्रो र समान ४ अंकका टोटनहम तथा आर्सनल क्रमशः चौथो र पाँचौँ स्थानमा छ । 

घरेलु मैदानमा सलाहले १६औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । जारोड बोबेनले ४२औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । नुनेजले ६०औँ मिनेटमा लिभरपुलको अग्रता २–१ को बनाएका हुन् । खेल सकिन पाँच मिनेट बाँकी रहँदा जोटाले गोल गर्दै सहज जित दिलाएका हुन् । लिभरपुलले आफ्नो अपराजित यात्रालाई १८ खेलसम्म पु¥याएको छ । 

अर्काे खेलमा चेल्सी घरेलु मैदानमा एस्टन भिल्लासँग १–० ले स्तब्ध भएको छ । स्टामफोर्ड ब्रिजमा भ्रमणकारी टोलीका लागि विली वाट्किन्सले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न हुँदा दोस्रो हाफमा एस्टन भिल्लाले गोल गरेको हो । वाट्किन्सले खेलको ७३औँ मिनेटमा गोल गरेका थिए । खेलको ५८औँ मिनेटमा मालो गुस्टोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो । दबाबमा आएको चेल्सीले घरेलु समर्थकमाझ गोल बेहोर्न पुगेको थियो । एस्टन भिल्ला ६ खेलबाट १२ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । 

एकै समयमा भएको अर्काे खेलमा आर्सनल र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको २६औँ मिनेटमा क्रिस्टियन रोमेरोको आत्मघाती गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो । बुकायो साकाको प्रहार रोक्ने क्रममा उनले आफ्नै पोस्टमा गोल छिराएका हुन् । टोटनहमका कप्तान सन ह्युङ मिनले ४२औँ मिनेटमा खेल बराबरीमा ल्याए । साकाले ५४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै पुनः अग्रता २–१ को बनाएका थिए । तर, पुनः सनले ५५औँ मिनेटमा गोल गर्दै टोलीको हार टारेका हुन् । सन यसै सिजनबाट टोटनहमको नयाँ कप्तान बनेका हुन् ।