मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत २५ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २५ शनिबार १७:२६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पुष्पपराग वर्ष सम्मान साहित्यकार रत्न प्रजापतिलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २५ शनिबार १७:२६:oo

पुष्पपराग साहित्य प्रतिष्ठानले प्रदान गर्ने विभिन्न  पुरस्कार, सम्मानपत्र तथा मानार्थ सदस्यता शनिबार एक विशेष कार्यक्रमबीच वितरण गरिएकाे छ। पद्मकन्या क्याम्पसको डेनिस हलमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले गरेका थिए ।

कार्यक्रममा पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार साहित्यकार रत्न प्रजापतीलाई प्रदान गरिएको थियो भने तिलकुमारी खड्का स्मृति पुरस्कार तथा सम्मान  शोभा दुलाललाईस, नील-गङ्गगा भाषा साहित्य पुरस्कार तथा सम्मान शरदचन्द्र वस्तीलाई, पद्मावती गीत, संगीत पुरस्कार तथा सम्मान हरिदेवी कोइरालालाई, शुक्रमन्दिर लोक साहित्य पुरस्कार तथा सम्मान  सत्यकला राईलाईस प्रदान गरियाे । त्यसैगरी कृष्णलाल-गोपिनी शिवाकोटी स्मृति पुरस्कार तथा सम्मान छेवाङ्ग तेन्जिङ लामालाई, परममाया कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार तथा सम्मान खेमनाथ दाहाललाई र पुष्पपराग युवा साहित्यकार सम्मान डिल्लीप्रसाद मूल्तिहूनलाई प्रदान गरिएको छ। साहित्यमा योगदान गरेवापत प्रत्येक वर्ष एकजनालाई मात्र दिइने मानार्थ सदस्य भने यसपटक साहित्यकार डा. भोजराज घिमिरेलाई प्रदान गरिएकाे छ ।

पुरस्कार लेनदेनमा गुटबन्दी हुने, साटासाट गरिने, किनबेच हुने जस्ता बिकृती फैलिएको अवस्थामा पुष्पपराग साहित्य प्रतिष्ठानले अत्यन्तै पारदर्शी र विबेकपुर्ण ढंगले काम गरेको र यस संस्थाबाट अरू संस्थालगायत सरकारले समेत सिक्नुपर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले प्रष्ट पारे ।

पुरस्कृत साहित्यिक स्रस्टाहरुको ब्यक्तित्व चर्चा डा. अम्बिका अर्याल र  डा. जीवन जिवन्तले गरेका थिए भने गीत संगीतमा योगदान दिने कलाकारको योगदानबारेमा संगीतकार तथा गायक सन्तोष श्रेष्ठले प्रकाश पारेका थिए ।