मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format २१:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्पले डसेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:४६:oo

दाङमा सर्पले डसेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका– १३ ढकनाका ११ वर्षीय छवि चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । 

घरको आँगनमा बल खेल्दै गरेका बालक बल उफ्रिएर गएपछि बारीमा लिन जाँदा सर्पले डसेको थियो ।

परिवारजनका अनुसार बालकको चोरी औंलामा डुमनी प्रजातिको सर्पले टोेकेको थियो । त्यसपछि उपचार गराउन राप्ति प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो । आज साँझ उपचारको क्रममा बालकको मृत्यु भएको हो ।