१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५३:oo

गर्मी सुरु भइसकेको छ । यस मौसममा मानिसहरू जाडोको दाँजोमा ज्यादा फेसनेबल रहन रुचाउँछन् । अझ विशेषगरी किशोरी/युवतीहरूको रहनसहनमा त मौसमले झनै परिवर्तन ल्याइदिन्छ । सकेसम्म हलुका र ‘कुल’ ड्रेसअप गर्न आवश्यक हुन्छ । ‘फेसनेबल’ बन्ने नाममा शरीरलाई असर पर्ने खालका पहिरन लगाउनुहुँदैन । 

पहिरन र रङ यसरी छनोट गर्ने 

  • गर्मीमा धेरै पसिना आउने हुन्छ । त्यसैले पोलिस्टरको कपडा लगाउनुहुँदैन । यसो गर्दा पसिनाको दुष्प्रभावबाट केही हदसम्म बच्न सकिन्छ । बरु, सुतीको कपडा लगाए उत्तम हुन्छ । 
  • ‘स्टाइलिस’ देखिने नाममा टाइट कपडा लगाउनुहुँदैन । यतिवेला खुला पहिरन लगाउँदा सजिलो हुनुका साथै गर्मीबाट समेत बच्न सघाउ पुग्छ । 
  • गर्मी मौसममा रंगीन कपडा लगाउनुहुँदैन । एकदमै रातो र कालो रङको कपडाले झनै बढी गर्मी हुन्छ । सेतो, हलुका निलो, पिंक (हलुका रङको) कपडाले ‘कुल’ देखाउन मद्दत गर्छ । 
  • घाममा हिँड्दा छाला डढ्ने भएकाले लामो बाहुला भएका हलुका लुगा लगाउनु ठीक हुन्छ । यस्ता लुगाले ‘ट्रेन्डी’समेत देखिन्छ । महिलाले स्कुटर चलाउँदा फुल स्लिप कपडा लगाउनु राम्रो हुन्छ । गर्मी मौसममा पर्याप्त पानी पिउनुपर्छ, जसले छालामा पनि चमक ल्याउन सहयोग गर्छ । 
  • गार्मी मौसममा पहिरनसँगै हेयर स्टाइलले निकै महत्व राख्छ । यो मौसममा लामो कपाल पाल्दा झन्झटिलो हुन सक्छ । लामो समयसम्म बाँधेर हिँड्नुपर्ने भएकाले टुक्रिने डर हुन्छ । त्यसैले लामो कपाल हुनेले बाहिर हिँड्दा हलुकासँग बाँध्ने र घरमा रहँदा खुलै छाड्ने गर्दा राम्रो हुन्छ, जसले आकर्षक लुक्स पनि दिन्छ । 
ad
ad