१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङमा भेटिए एसइईका २०१ नक्कली परीक्षार्थी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

‘फलामे ढोका’ मानिने एसइई परीक्षामा विकृति कायमै छ। चालू शैक्षिक सत्रमा सञ्चालन भइरहको एसइई परीक्षामा मोरङमा मात्रै हालसम्म दुई सय एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।  

सूचना प्राप्त भएपछि मोरङको एसइई परीक्षा अनुमगन समितिले बुधबारदेखि शंकास्पद परीक्षा केन्द्रहरूमा कडाइ गरेको थियो। बुधबार ग्रामथानमा गाउँपालिमा रहेको विद्यालयमा दुईजना नक्कली विद्यार्थी फेला परेपछि थप अनुगमन गरिएको थियो। 

बिहीबारको अनुगमनका क्रममा एकैदिन एक सय ९९ जना नक्कली विद्यार्थी फेला परेको जिल्ला परीक्षा व्यवस्थापन संयोजक तथा सिडियो तीर्थराज भट्टराईले जानकारी दिए। 

आज अनुगमन समितिले मोरङको ग्रामथान गाउँपालिकाको  सरस्वती माविबाट ५२ र  केराबारी गाउँपालिकाको सार्वजनिक माविबाट एक सय २७ जना नक्कली परीक्षार्थी नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए। 

पक्राउ परेका सबै नक्कली परीक्षार्थी खुलातर्फका भएको सिडिओ भट्टराईले बताए। नियन्त्रणमा आएका नक्कली परीक्षार्थी धेरैजना मोरङको बुढीगंगा गाउँपालिकास्थित नरग्राम मावि र केराबारीको मछिन्द्र माविबाट परीक्षा अनुमतिपत्र लिएका विद्यार्थी छन्। 

प्रशासन र प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी प्रशासनले खुला (प्राइभेट) तर्फका नक्कली विद्यार्थी फेला परेको भने पनि निजी विद्यालयहरूले कमजोर विद्यार्थीहरू उत्तीर्ण गराउन सामुदायिक विद्यालयमा रजिस्ट्रेसन  गर्न लगाएर नक्कली परीक्षार्थीमातर्फ परीक्षा दिलाउने गरेको आरोप पनि लाग्दै आएको छ।