भियतनामको सहज जित, नेपाल ५-१ गोलअन्तरले पराजित

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

सन् २०२४ को पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटअन्तर्गत नेपालविरुद्धको खेलमा भियतनामले सहज जित निकालेको छ ।

दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गर्यो । भियतनामले ४ गोल पहिलो हाफमा नै गरेको थियो । 

दोस्रो हाफमा भियतनामले एक गोल थप्दा नेपालले एक सान्त्वना गोल गर्यो । नेपालका लागि एक मात्र गोल साबित्रा भण्डारी साम्बाले गरिन् । 

नेपालविरुद्ध सुरुवातबाटै आक्रामक देखिएको भियतनामले ११औँ मिनेटमा पहिलो गोल गरेको थियो ।

फिफा वरीयतामा ३३औँ स्थानमा रहेको भियतनामसँग १००औँ स्थानमा रहेको नेपालले घरेलु लिगमा दुई खेल खेल्नेछ ।


नेपालका लागि ८०औँ मिनेटमा साबित्राले गोल गरेकी थिइन् । सरु लिम्बूको पासमा साबित्राले किपरलाई बिट गर्दै गोल गरेकी हुन् ।

३६औँ मिनेटमा भियतनामले पेनाल्टीमार्फत गोल गरेको थियो । एक मिनेटपछि नै भियतनामले तेस्रो गोल गरेको थियो । 

यस वेला नेपालले आत्मघाती गोल गरेको थियो । ४७औँ मिनेटमा भियतनामले चौथो गोल गरेको थियो भने ९१औँ मिनेटमा पाँचौँ गाेल गर्यो । 

सुझावित समाचार