१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १२:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाटो नबनाएको भन्दै वीरगन्ज महानगरले फाल्याे टेलिकम परिसरमा फोहोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५३:oo

वीरगन्ज महानगरपालिकाले श्रीपुरस्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा फोहोर फालेको छ । टेलिकमले वीरगन्ज-बाइपास सडकखण्ड खनेर छाडेकाे भन्दै महानगरले मंगलबार बिहान ट्याक्टरबाट ओसारेरै कार्यालय परिसरमा फोहोर फालेकाे हाे ।

महानगरपालिका प्रमुखका प्रेस सल्लाहकार महेश दासले टेलिकमले खनेकाे सडक फागुनसम्म बनाउने आश्वासन दिए पनि चैत अन्तिम हुनै लाग्दासमेत नबनाएपछी ध्यानाकर्षण गराउन यस्ताे कदम चाल्न बाध्य भएकाे भन्दै साे कदमकाे बचाउ गरे । सडक खनेर छाडेको र पटकपटक ताकेता गर्दा समेत वास्ता नगरेपछि बाध्य भएर कार्यालय परिसरमा फोहोर फालेर विरोध जनाएको उनकाे तर्क छ ।

यता नेपाल टेलिकम वीरगन्जका क्षेत्रीय प्रमुख अन्नत मल्लिकले कार्यालयलाई खबर नगरी अचानक यस्तो कार्य गरेर महानगर अराजक भएको बताए । महानगरले आफ्नो प्रहरी लगाएर गेटमा खटिएका गार्डलाई जबर्जस्ती गेट खोल्न लगाएर यसरी फोहोर फाल्नु गलत रहेको उनले प्रष्ट्याए।

उक्त सडक निर्माणमा केही ढिला भएको स्विकार्दै मल्लिकले शर्त अनुसारको आफ्नो काम गर्न टेलिकम तयार रहेको बताए ।