१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एन्जिला र प्रिन्स वर्षका उत्कृष्ट खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:३४:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वाेत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले आयोजना गरेको १७औँ एनएनआइपिए स्पोर्टस् अवार्ड २०७८ मा महिलातर्फ एन्जिला र पुरुषतर्फ प्रिन्सले सर्वोकृष्ट खेलाडी हुँदै जनही एक लाख रुपैयाँसमेत पाएका छन् । एन्जिलाको कप्तानीमा नेपाल साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियो । 

यसैगरी, कराँतेकी चञ्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिएका छन् । चञ्चला र सद्भावले जनही ५० हजार रुपैयाँ प्राप्त गरे । सर्वाेत्कृष्ट पारा एथलेट शुभेक्षा खतिवडा, गजराज आदर्श खेल व्यक्तित्व खड्गबहादुर रानाभाट र एनएनआइपिए खेलकुद पत्रकार पुरस्कार कान्तिपुर दैनिकका ध्रुव तुलाधर बनेका छन् । पारा अवार्ड विजेताले १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेता तुलाधरले २५ हजार नगद प्राप्त गरे ।

अवार्डमा नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मानसमेत गरिएको थियो । उत्कृष्ट खेलाडीको अवार्ड पाउनेमा आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ र साइक्लिङकी निष्मा श्रेष्ठ छन् । यसैगरी, फेन्सिङका ओमकार सिंह, फुटबलकी एन्जिला, गल्फका सद्भाव, जिमन्यास्टिकका नारायण मानन्धर, ह्यान्डबलका विशाल नेपाली, हकीकी कमला चन्द, जुडोका संजित डंगोल र कबड्डीका घनश्याम रोकामगर पनि उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भए । 

यसैगरी, कराँतेकी चञ्चला, ¥याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङकी सुष्मिता नेपाल, स्कीकी संगीता लामा, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ, टेनिसका रितिक राना, ट्रायथलनका श्रेवी महर्जन, भलिबलकी सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह विष्ट, कुस्तीकी सुशीला चन्द र उसुकी सुष्मिता तामाङले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् । 

ad
ad