१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १८:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सीमा सुरक्षाका विषयमा सशस्त्र प्रहरी मुख्यालयमा वरिष्ठ अधिकृत छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:५२:oo

सीमा सुरक्षाका विषयमा केन्द्रित भई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा वरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम सञ्चालन भएको छ।

आइतबार र सोमबार सञ्चालित कार्यक्रममा सीमा व्यवस्थापन र राजस्व संकलनमा गम्भीर छलफल भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ। आइतबार कार्यक्रमको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन सुधार र आचरणमा गम्भीर हुनुपर्नेमा जोड दिए।

‘संगठनमा सुधारका लागि उपस्थितिले मात्र हुँदैन, परिणाम चाहिन्छ। नबुझेजस्तो गर्न छुट छैन। परिवर्तन अपरिहार्य छ, परिवर्तन आफैँबाट सुरु गर्न जरुरी छ,’ उनले भने। हजारौँ सदस्यहरू रहेको सिंगो संगठनलाई कुनै व्यक्ति विशेषले मात्र सुधार गर्न सम्भव नरहेको बताउँदै उनले सकारात्मक सोचका साथ शान्ति सुरक्षा, तालिम, सीमा, विपद् उद्धार, प्रशासन, बन्दोबस्तीलगायत राज्यले निर्दिष्ट गरेका म्यान्डेडहरूमा परिचालित हुनुपर्ने बताए।

कार्यसम्पादनका क्रममा आइपरेका समस्याको पहिचान, सुधारका क्षेत्रहरू, मौजुदा संयन्त्र एवं परिपाटीमा गर्नुपर्ने परिमार्जनमा विश्लेषण तथा गहन अध्ययन र छलफल गरी समाधानको निकास र निचोड निकाल्न सो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।  

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सबैको ध्यान संगठन सुधारमा केन्द्रित हुन जरुरी रहेको उल्लेख गरे। छलफल भएका विषयलाई विस्तारै कार्यान्वयनमा लैजान जरुरी रहेको तथा हाम्रो सोच, उद्देश्य र सवल पक्षलाई अझै परिस्कृत गर्दै सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी गुणस्तरीय कार्य गर्न सकियो भने सानो कुराबाट सुधार गर्दै ठूलो सफलता हासिल गर्न सकिने उनको भनाइ थियो। 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले सशस्त्र प्रहरीलाई प्राप्त म्यान्डेडअनुसार सीमा क्षेत्रमा परिचालित हुँदा बढी चनाखो र आउन सक्ने चुनौतीको पूर्वानुमान गरी संवेदनशील भई चुस्त र दुरुस्त ड्युटीमा परिचालन हुनुपर्ने बताए। 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्न निर्मम भई लाग्नुपर्ने बताउँदै राजस्व तथा भन्सारलाई सहयोग र अपराध नियन्त्रणमा अनुभूति हुने गरी कार्य गर्नुपर्ने बताए। कार्यक्रममा सीमावर्ती अपराध नियन्त्रण, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने, अवैध निकासी पैठारी नियन्त्रणमा खेल्नुपर्ने भूमिका बारेमा प्रस्तुतीकरण गरिएको थियो।

सो विषयमा नम्बर १ बराह बाहिनी मुख्याल सुनसरी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपतिहरूले प्रस्तुतीकरण गरेका थिए। साथै, संगठनको आगामी कार्यदिशा, वृत्ति विकास र आगामी सुरक्षा चुनौतीका बारेमा पनि छलफल भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ। कार्यक्रम मंगलबार समापन हुनेछ।

ad
ad