१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘एउटा आयोगको प्रतिवेदन थन्क्याएर अर्को गठन गर्नु मिटरब्याजपीडितमाथि धोकाधडी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

एमाले सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याजपीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन्।

सरकारले एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउन खोजेको उनको आरोप छ। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले मिटरब्याजपीडितलाई अल्मल्याएर पीडकलाई उन्मुक्ति दिन खोजिएको जिकिर गरे।

‘यो मिटरब्याजीबाट पीडित भएका नागरिकहरूमाथि फेरि अर्को धोकाधडी भएको छ। एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ, यो करेक्सन हुनुपर्छ,’ उनले भने।

सांसद गैरेले प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयहरूको प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूले जवाफ दिने अनिवार्य व्यवस्था गर्न पनि सभामुखको ध्यानाकर्षण गराएका थिए।