भीम रावल विधानविपरीत चलेको एमालेको निष्कर्ष, वार्ताका लागि तीनसदस्यीय टोली गठन

शनिबार, १८ चैत, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)ले पार्टीका नेता डा. भीम रावलसँग संवाद गर्न तीनसदस्यीय वार्ता टोली गठन गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावल पार्टीको विधि र विधानविपरीत चलेको निष्कर्ष निकाल्दै संवादका लागि टोली गठन गरेको हो।

पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित वार्ता टोलीमा पार्टीका सचिव एवं सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य छन्। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा समेत रावलले पार्टीलाई सहयोग नगरेको भन्दै एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली गठन गरेको हो।

चितवनको सौराहामा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी दिएयता केपी ओली र रावलको सम्बन्ध थप चिसिएको छ।

सुझावित समाचार