१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भीम रावल विधानविपरीत चलेको एमालेको निष्कर्ष, वार्ताका लागि तीनसदस्यीय टोली गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:४३:oo

नेकपा (एमाले)ले पार्टीका नेता डा. भीम रावलसँग संवाद गर्न तीनसदस्यीय वार्ता टोली गठन गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावल पार्टीको विधि र विधानविपरीत चलेको निष्कर्ष निकाल्दै संवादका लागि टोली गठन गरेको हो।

पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित वार्ता टोलीमा पार्टीका सचिव एवं सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य छन्। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा समेत रावलले पार्टीलाई सहयोग नगरेको भन्दै एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली गठन गरेको हो।

चितवनको सौराहामा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी दिएयता केपी ओली र रावलको सम्बन्ध थप चिसिएको छ।

ad
ad