मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Sunday, 13 July, 2025
२o७९ चैत १७ शुक्रबार २३:११:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुनखानी भत्किँदा १० मजदुरको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार २३:११:oo

सुडानको उत्तरी राज्यमा बिहीबार सुनखानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सुडानको सरकारी समाचार संस्था सुनाले भनेको छ, ‘वादी हल्फा क्षेत्रमा रहेको जबल अल–अहमर खानीमा पहिरो जाँदा दर्जनौँ श्रमिक फसेका छन् ।’

रिपोर्ट अनुसार खानीमा पहिरोमा पुरिएको सबै श्रमिकको मृत शरीर जमिनको बाहिरी सतहमा ल्याइएको छ । मृतकमध्ये अधिकांश किशोर रहेका छन् भने उद्धारकर्मीले तीनजनालाई घाइते अवस्थामा जीवितै उद्धार गरेका छन् । 

बेपत्ताको खोजी कार्य जारी रहे पनि स्थानीय सुरक्षा स्रोतले उद्धार कार्यमा कठिनाइ भएकाले मृतकको संख्या बढ्न सक्ने संकेत गरेको छ ।

सुडानमा खानीको कमजोर सुरक्षा अवस्था र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनको कारण खानी दुर्घटनाहरू हुने गरेका र यसलाई सामान्यरूपमा लिने गरिएको छ । 

सुडानको खनिज मन्त्रालयका अनुसार २० लाखभन्दा बढी सुडानीहरू खानी क्षेत्रमा काम गरिरहेका छन् । ती खानीले देशको लगभग ८० प्रतिशत सुन उत्पादन गर्दछन् । रासस