
प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधिका लागि अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा भइरहेको छ । दशरथ रंगशालामा दोस्रो हाफको खेल चलिरहेको छ ।
नेपालले पहिलो हाफको तुलनामा दोस्रो हाफमा आक्रामक खेल खेलिरहेको छ । नेपालले एकपछि अर्को आक्रमण गरे पनि गोलमा परिणत गर्न सकेको छैन ।
निशन खड्काले ६९औँ मिनेटमा प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको छ ।
नेपालका तर्फबाट मनीष डाँगीले निकै तारिफ योग्य खेल खेलिरहेका छन् । उनले दायाँ विङबाट आफ्नो पेशको प्रयोग गर्दै सुन्दर बलहरू क्रस गरिरहेका छन् ।
खेलको ५४औँ र ६१औँ मिनेटमा नेपालले गोलका दुई सुन्दर अवसर गुमाएको छ । दुवै अवसरमा मनीषको क्रसलाई आयुष घलानले बललाई जाली चुमाउन सकेनन् ।
यसअघि पहिलो हाफको खेलमा नेपाल र लाओसले १–१ को बराबरी गोल गरेका थिए ।
खेलको १७औं मिनेटमा लाओसले सुरुवाती गोल गर्दै अग्रता बनाएको थियो । त्यसको ७ मिनेटपछि आयुस घलानले एक गोल गर्दै नेपाललाई बराबरीमा पुर्याए ।
तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो ।