मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ चैत १७ शुक्रबार १८:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिरहामा चट्याङ लागेर ट्रक चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ चैत १७ शुक्रबार १८:०४:००

सिरहाको मिर्चैयामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ । सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा सिमेन्ट लिन पुगेको ना ५ ख ३७२१ नम्बरको ट्रक चालकको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका– ८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको प्रहरीले जनाएको छ ।