१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १७ शुक्रबार १६:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेवानिवृत्त वन अधिकृतको अकुत सम्पत्ति प्रकरण : विशेषको फैसलाविरुद्ध सर्वोच्च गयो अख्तियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १७ शुक्रबार १६:३२:००

अवकाशप्राप्त वन अधिकृत विनोदकुमार सिंहविरुद्धको अकुत सम्पत्ति मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

सरकारी सेवामा रहँदा गैरकानुनी रूपमा एक करोड ९१ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको भन्दै दायर मुद्दामा विशेष अदालतले १५ कात्तिकमा सिंहसँगै श्रीमती गीतादेवी सिंह, छोराहरू अनुपकुमार सिंह र अचलकुमार सिंहलाई सफाइ दिएको थियो ।

तर, अख्तियारले विशेषको फैसलाविरुद्ध शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

सिंह र उनको परिवारका सदस्यको चल–अचल सम्पत्ति, सेयर लगानी, बिमा, बैंक मौज्दात हिसाब गर्दा तीन करोड ५१ लाख ८२ हजार रहेको अख्तियारको दाबी थियो । त्यसमध्ये सिंहको वैध आय एक करोड ६० लाख २१ हजार १८ रुपैयाँ रहे पनि बाँकी एक करोड ९१ लाख ६१ हजारबराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ।