Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ चैत १७ शुक्रबार १५:४७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेट खेलाडी राजवंशी र कँडेल विराटनगरमा पुरस्कृत 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ चैत १७ शुक्रबार १५:४७:००

नेपाललाई विश्वकप छनाेट प्रतियोगितासम्म पुर्‍याउन योगदान गरेको भन्दै विराटनगर महानगरपालिकाले दुई क्रिकेट खेलाडीलाई पुरस्कृत गरेको छ ।

सहिद रंगशालामा बिहीबार साँझ सम्पन्न विराट गोल्डकपको फाइनल खेलको समापन कार्यक्रममा महानगरले विराटनगर–१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई विशेष सम्मानसहित जनही एक लाख एक हजार रुपैयाँ प्रदान गरेको हो ।

क्रिकेटर राजवंशीले भर्खरै सम्पन्न डिभिजन– २ क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर)मा पुर्‍याउन महत्वपूर्ण योगदान गरेका थिए । यसैगरी क्रिकेटर  कँडेलले पनि हालै युएईमा सम्पन्न यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनाेट खेलमा उत्कृष्ट प्रदर्शन गरी नेपालाई यू–१९ विश्वकपमा पुर्‍याउन सफल भएका थिए । क्रिकेटर कँडेलले  युएईविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका थिए । जसले गर्दा  नेपाल आठ वर्षपछि यू–१९ विश्वकपमा पुगेको छ ।

विराटनगरनिवासी दुवै क्रिकेट खेलाडीले विराटनगरको प्रतिष्ठालाई उच्च बनाउँदै देशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाएकोमा दुवैलाई हौसला बढाउन नगदसहित सम्मान गरिएको महानगर प्रमुख नागेश कोइरालले बताए ।

दुवै खेलाडीलाई कोसी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले दोसल्ला ओढाएर नगद र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए ।