मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस वासिङ्टन
२०७९ चैत १७ शुक्रबार १३:११:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जासुसीको आरोपमा वाल स्ट्रिट जर्नलका संवाददाता पक्राउ

Read Time : < 1 मिनेट
रासस, वासिङ्टन
२०७९ चैत १७ शुक्रबार १३:११:००

रुसको सुरक्षा सेवाले जासुसी गरेको आरोपमा वाल स्ट्रिट जर्नलका संवाददातालाई पक्राउ गरेको छ । शीतयुद्धपछि पहिलोपटक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका हुन् ।

पत्रिकाले रुसी आरोप अस्वीकार गर्दै उनको तत्काल रिहाइको माग गरेको छ । साथै पत्रिकाले उनका परिवारजनप्रति ऐक्यबद्धता प्रकट गरेको छ । ३१ वर्षीय इभान गर्सकोविच रुसको चौथो ठूलो सहर येकातेरिनबर्गबाट बुधबार पक्राउ परेका हुन् ।

रुसको संघीय सुरक्षा सेवाले उनलाई गोप्य सूचना प्राप्त गर्न खोजेको आरोप लगाएको छ । अमेरिकाको निर्देशनमा उनले रुसी सैनिक र उसका गतिविधिबारे सूचना संकलन गरेको आरोप लगाइएको छ ।

रुसको गुप्तचर सेवा एफएसबीले पत्रकार गर्सकोविचलाई पक्राउ गरेको हो । साेभियत युगको गुप्तचर निकाय केजिबीको मुख्य उत्तराधिकारीका रूपमा एफएसबी परिचित छ ।